नोबेलले मोरङ प्रहरीलाई हस्तान्तरण गर्‍यो कल रेकर्डिङ उपकरण

<span class='c1'>नोबेलले मोरङ प्रहरीलाई हस्तान्तरण</span> <span class='c2'>गर्‍यो कल रेकर्डिङ उपकरण</span>

विराटनगर । सेवाग्राहीसँग हुने फोन संवादलाई थप व्यवस्थित, पारदर्शी र अभिलेखयोग्य बनाउने उद्देश्यले नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले जिल्ला प्रहरी कार्यालय, मोरङलाई कल रेकर्डिङ उपकरण हस्तान्तरण गरेको छ।

सेवा प्रवाहका क्रममा हुने फोन संवादलाई व्यवस्थित रूपमा अभिलेख राख्न तथा आवश्यक पर्दा सुरक्षित रूपमा पुनः प्रयोग गर्न सकिने व्यवस्था मिलाउने उद्देश्यले उपकरण हस्तान्तरण गरिएको हो।

उपकरणको प्रयोगसँगै सेवाग्राहीसँगको फोन संवाद व्यवस्थापनमा सहजता आउने, आवश्यक सूचनाको अभिलेख सुरक्षित रहने तथा सेवा प्रवाहमा पारदर्शिता र उत्तरदायित्व थप बलियो हुने अपेक्षा गरिएको छ।

नोबेलको यो सहयोगले जिल्ला प्रहरी कार्यालय, मोरङको सेवा प्रवाहलाई थप छरितो, व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्