विराटनगरमा विशेष बालबालिका व्यवहार सहजीकरण तालिम सुरु

<span class='c1'>विराटनगरमा विशेष बालबालिका व्यवहार</span> <span class='c2'>सहजीकरण तालिम सुरु</span>

विराटनगर । मानव व्यवहार एवम् समस्यामूलक व्यवहारको सूक्ष्म बुझाइ र विशेष आवश्यकता भएका बालबालिकाहरूको व्यवहार सहजीकरणका विराटनगरमा दुई दिने तालिमको आयोजना गरिएको छ । तालिममा विशेष सहजीकरण आवश्यकता भएका बालबालिकाहरूको शिक्षा, थेरापी, व्यवहार व्यवस्थापनको विषय उठाइएको छ ।

रत्ना होटल विराटनगरमा बिहीबार कोशी प्रदेशका स्वास्थ्य राज्यमन्त्री उमाकान्त गौतमले उद्घाटन गर्नु भएको कार्यक्रम शुक्रबार समापन हुनेछ । उद्घाटनका क्रममा राज्यमन्त्री गौतमले विशेष आवश्यकता भएका बालबालिका वा अटिजम बालबालिकाको क्षेत्रमा सरकारले प्राथमिकता दिएर कार्यक्रममा समेट्न नसकेको बताएका थिए । उनले यो कार्यक्रमपछि प्रदेश सरकारले यो क्षेत्रलाई समेट्न प्रयास गर्ने दावी गरेका छन् ।

 

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले राज्यले गर्नुपर्ने काम निजी क्षेत्रले गरिरहेको बताउँदै यस्ता संघसंस्थाहरुको प्रशंसा समेत गरेका थिए ।
समावेशी संस्थाहरूको संयुक्त आयोजनामा तालिम सञ्चालन भइरहेको हो । तालिममा विकासका क्षेत्रमा कार्यरत भारतस्थित ख्यातिप्राप्त संस्था Behavior Momentum India की संस्थापक एवम् व्यवहार थेरापी विज्ञ स्मिता अवस्थी मुख्य प्रशिक्षक रहेकी छिन् । Applied Behaviour Analysis (ABA) सिद्धान्तमा आधारित "Two Day Professional Training on Behaviour Therapy" नामक दुई दिने व्यावसायिक प्रशिक्षणमा विशेष बालबालिकाहरुको दैनिकी व्यवस्थाप, सीप, व्यवहार र धारणा निर्माणमा सहजीकरण जस्ता विषय उठान गरिएको छ ।

विशेष आवश्यकता भएका बालबालिकाहरूमा देखिने व्यवहारगत चुनौतीहरूको पहिचान, व्यवस्थापन तथा सकारात्मक व्यवहार विकासका लागि आवश्यक व्यावहारिक ज्ञान र सीप अभिवृद्धि कसरी गर्न सकिन्छ भन्ने विषयमा शिक्षक, थेरापिस्ट, अभिभावक तथा सम्बन्धित पेशाकर्मीहरूको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्