विराटनगर–३ मा मोटरसाइकल दुर्घटना, ४५ वर्षीय चालकको मृत्यु

<span class='c1'>विराटनगर–३ मा मोटरसाइकल दुर्घटना,</span> <span class='c2'>४५ वर्षीय चालकको मृत्यु</span>

विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित पोखरीया स्कुल नजिकै शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

कञ्चनबारीबाट भट्टा चोकतर्फ जाँदै गरेको को ५ प २१७० नम्बरको मोटरसाइकल शनिबार बिहान करिब १ः५५ बजे अनियन्त्रित भई विद्युत्को पोलमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा विराटनगर महानगरपालिका–९, बसपार्कका ४५ वर्षीय रविकुमार कामत गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा बिहान करिब २ः३० बजे कोशी अस्पतालमा मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन। प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्