बुबाको मुख हेर्ने दिन वृद्धाश्रममा ज्येष्ठ नागरिकको सम्मानसँगै स्वास्थ्य परीक्षण र खाद्य सामग्री वितरण

<span class='c1'>बुबाको मुख हेर्ने दिन वृद्धाश्रममा ज्येष्ठ नागरिकको</span> <span class='c2'>सम्मानसँगै स्वास्थ्य परीक्षण र खाद्य सामग्री वितरण</span>

विराटनगर । बुबाको मुख हेर्ने दिन (कुशे औँसी) तथा हरितालिका तीज पर्वको अवसरमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज, मोरङले विराटनगरस्थित वृद्धाश्रममा ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ।


विराटनगरको वृद्धाश्रममा आयोजित कार्यक्रममा ३० जना पुरुष र ३५ जना महिला गरी ६५ जना ज्येष्ठ नागरिकलाई माया, सम्मान तथा सहयोगस्वरूप मायाको चिनो र खाद्य सामग्री प्रदान गरिएको थियो।

कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकका लागि स्वास्थ्य शिविरसमेत सञ्चालन गरी स्वास्थ्य परीक्षण गरिएको थियो। स्वास्थ्यकर्मीहरूले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आवश्यक स्वास्थ्यसम्बन्धी परामर्शसमेत दिएका थिए।


चाडपर्वका अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान र आत्मीयता प्रदान गर्दै उनीहरूको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका अध्यक्ष सरिता क्षेष्ठ जनाएको छ।

“मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने नारासहित आयोजित कार्यक्रमले ज्येष्ठ नागरिकप्रति सम्मान, माया र सामाजिक उत्तरदायित्वको भावना प्रवर्द्धन गर्ने सन्देश दिएको छ। साथै सहयोग र सहकार्य गरेर कार्यक्रममालाई सफल बनाउने संघसंस्थालाई अध्यक्ष क्षेष्ठले धन्यवाद यापन गरेकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्