मोटरसाइकल दुर्घटनामा इनरुवाका दुई युवाको मृत्यु

<span class='c1'>मोटरसाइकल दुर्घटनामा इनरुवाका</span> <span class='c2'>दुई युवाको मृत्यु</span>

इनरुवा । इटहरीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी इनरुवा–३ का दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–३ निवासी २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

इटहरीबाट इनरुवातर्फ जाँदै गरेको मोटरसाइकल इटहरी उपमहानगरपालिका–७ र १७ को सीमामा रहेको कल्भर्टमा अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिन ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि राति नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतक सागर रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा करारमा कार्यरत कर्मचारी थिए । उनी सुनसरीका प्रमुख जिल्ला अधिकारीको स्वकीय सचिवका रूपमा कार्यरत थिए । अर्का मृतक पारस थापा पनि केही समयअघिसम्म जिल्ला प्रशासन कार्यालय सुनसरीमा करारमा कार्यरत रहेकाे र केही समयअघि राजीनामा दिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्