विराटनगर, भाद्र २८
भाइरल इभेन्ट एन्ड इन्टरटेनमेन्टको आयोजना तथा एक्सट्रिम इनर्जी ड्रिंकको प्रस्तुतिमा चर्चित ‘द स्मृति ब्यान्ड’ को २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘पूर्व टुर २०८३’ को कन्सर्ट आज विराटनगरमा हुँदैछ।
ब्यान्डले आफ्नो रजत जयन्ती (२५ औँ वार्षिकोत्सव) को अवसरमा पूर्वाञ्चलका विभिन्न सहरहरूमा सांगीतिक यात्रा गरिरहेको छ। यसअघि विर्तामोड, इटहरी र दमकमा भव्य प्रस्तुति दिइसकेको यो टोली आज विराटनगर आइपुगेको हो।
विराटनगरको ‘त्रिशना क्रेभिङ एन्ड टेल्स’ मा हुने आजको यस सांगीतिक कार्यक्रममा सहभागी हुनका लागि स्थानीय संगीतप्रेमी तथा युवाहरूमा ठूलो उत्साह देखिएको छ। कन्सर्टमा ब्यान्डका पुराना तथा नयाँ लोकप्रिय सांगीतिक प्रस्तुतिहरू रहने आयोजकले जनाएको छ।