तीज पर्व सुरु, आज (आइतबार) दर खाने दिन

<span class='c1'>तीज पर्व सुरु, आज</span> <span class='c2'>(आइतबार) दर खाने दिन</span>

काठमाडौं । हिन्दु नारीहरूको चाड हरितालिका (तीज)को रमझम सुरु भएको छ । नेपाली नारीहरूले आज (आइतबार) दर खाने तयारी गरेका छन् । व्रतका लागि शक्ति प्राप्त गर्न दर खाएसँगै आजदेखि चार दिने तीज पर्व सुरु हुन्छ ।

तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइन्छ । माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । तीजको व्रत निराहार बस्ने भएकाले आज बर्तालुहरूले शक्ति प्राप्तिका लागि मीठा एवं आडिलो परिकार दरका रूपमा खाई सोमबारको व्रतका लागि पूर्व तयारी गर्छन् ।

विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाइ दर खुवाउने गर्दछन् । आइतबार बेलुकी दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्