७० वर्ष पुराना रुख काटिएपछि महेन्द्र मोरङ क्याम्पसमा विरोध

<span class='c1'>७० वर्ष पुराना रुख काटिएपछि</span> <span class='c2'>महेन्द्र मोरङ क्याम्पसमा विरोध</span>

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस परिसरमा रहेका पुराना रुख काट्न खोजिएपछि विद्यार्थी, स्थानीयवासी तथा अभियन्ताहरूले विरोध जनाएका छन्। कुनै किसिमको सूचना वा जानकारीबिना करिब ७० वर्ष पुराना रुख काट्न खोजिएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन्। क्याम्पस परिसरमा रहेका रुखहरू काट्नुको सट्टा संरक्षणमा जोड दिनुपर्ने उनीहरूको माग छ। व्यक्तिगत स्वार्थका लागि कुनै योजना र वातावरणीय पक्षको अध्ययनबिना रुख काट्न नहुने उनीहरूले बताएका छन्।

स्थानीयवासी लाक्पा लामाले क्याम्पस परिसरका रुखहरू विगतको इतिहाससँग जोडिएका सम्पत्ति भएको बताए। केही पैसाका लागि पुराना रुख काटेर बेच्नुको सट्टा संरक्षण गर्नुपर्ने उनको भनाइ छ। क्याम्पसका विद्यार्थी विकेश पौडेलले रुख काट्न खोजिएको विषयमा क्याम्पस प्रमुखलाई विज्ञप्ति बुझाइएको बताए। उनका अनुसार क्याम्पसको भौतिक तथा शैक्षिक अवस्था सुधार गर्नुपर्ने समयमा रुख काट्नु उचित होइन।

विराटनगरका अभियन्ता पारुल क्षेत्रीले बढ्दो सहरी चापका कारण पुराना रुखको संरक्षण झनै आवश्यक रहेको बताए। उनका अनुसार सुरक्षाको दृष्टिले समेत तत्काल रुख हटाउनुपर्ने अवस्था नदेखिएको अवस्थामा जरैदेखि काट्नु दुःखद् हो। क्याम्पस परिसरमा दुईवटा ठूला रुख काटिएको अवस्थामा छन्। विरोधपछि क्याम्पस प्रशासनले थप रुख काट्ने कार्यमा रोक लगाएको छ। क्याम्पस प्रमुख रामअवतार शरणले यस विषयमा भोलि प्रतिक्रिया दिने भन्दै फोन सम्पर्क छोट्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्