७औँ बीबीए कप बास्केटबल: अरनिको र बीकेभीएम दुवै विधाको फाइनलमा, तेस्रो स्थान सगरमाथा (छात्र) र एभरेस्ट (छात्रा) लाई

<span class='c1'>७औँ बीबीए कप बास्केटबल: अरनिको र बीकेभीएम दुवै विधाको</span> <span class='c2'>फाइनलमा, तेस्रो स्थान सगरमाथा (छात्र) र एभरेस्ट (छात्रा) लाई</span>

विराटनगर। विराटनगर बास्केटबल एकेडेमी (बीबीए) को आयोजनामा जारी ‘सातौँ बीबीए कप अन्तरविद्यालय होम एण्ड अवे बास्केटबल लिग’ अन्तर्गत सेमिफाइनलका सबै खेलहरू सम्पन्न भएसँगै उपाधिका लागि भिड्ने फाइनल टोलीहरूको टुङ्गो लागेको छ। ‘बेस्ट अफ थ्री’ (Best of Three) ढाँचामा खेलाइएको सेमिफाइनल श्रृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै अरनिको स्कुल र बीकेभीएम (BKVM) स्कुल छात्र तथा छात्रा दुवै विधाको फाइनलमा प्रवेश गर्न सफल भएका छन्। दुवै विधाको बहुप्रतिक्षित महाभिडन्त भोलि भदौ ३० गते अपराह्न ३:०० बजे एभरेस्ट कलेज, विराटनगर-५ को बास्केटबल कोर्टमा आयोजना हुनेछ।

छात्रतर्फको सेमिफाइनल श्रृङ्खलामा अरनिको स्कुलले सगरमाथा स्कुललाई लगातार दुई खेलमा पराजित गर्दै फाइनलमा स्थान पक्का गर्‍यो। पहिलो लेगमा अरनिकोले ७४–४६ अङ्कको फराकिलो जित दर्ता गर्दा आलोक यादव 'प्लेयर अफ दि म्याच' चुनिएका थिए। दोस्रो लेगमा सगरमाथाले कडा चुनौती पेस गरे पनि अरनिकोले ६०–५९ अङ्कको रोमाञ्चक १ अङ्कको जित निकाल्दै श्रृङ्खला २–० ले आफ्नो पक्षमा पार्यो; उक्त खेलमा सगरमाथाका रोनक यादव 'प्लेयर अफ दि म्याच' घोषित भए। यस्तै, छात्रतर्फकै अर्को सेमिफाइनलमा बीकेभीएमले सेन्ट जोसेफ्स स्कुललाई पहिलो लेगमा ६७–४१ (प्लेयर अफ दि म्याच: सन्तोष शाह ) र दोस्रो लेगमा ९०–५१ अङ्कले (प्लेयर अफ दि म्याच: कमलेश महतो) पराजित गर्दै सोझो सेटमा फाइनल यात्रा तय गरेको छ।

छात्रातर्फ डिफेन्डिङ च्याम्पियन बीकेभीएम स्कुलले एभरेस्ट स्कुललाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो। बीकेभीएमले पहिलो लेगमा ३७–१८ अङ्कको जित निकाल्दा समृद्धि उपाध्याय 'प्लेयर अफ दि म्याच' भएकी थिइन् र दोस्रो लेगमा प्रतियोगिताकै पहिलो ओभर टाईममा गएको प्रतिस्पर्धात्मक खेलमा ३८ - ३१ ले जित हात पार्दै श्रृङ्खला कब्जा गर्‍यो। त्यसै गरी, छात्रातर्फकै अर्को सेमिफाइनलमा अरनिको स्कुलले सेन्ट जोसेफ्स स्कुललाई पहिलो लेगमा ६२–३४ (प्लेयर अफ दि म्याच: मानवी राजवंशी) र दोस्रो लेगमा ३६–२९ अङ्कले (प्लेयर अफ दि म्याच: नोभा ओझा) पराजित गर्दै २–० को श्रृङ्खलासहित फाइनलको टिकट काटेको छ।

प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि सम्पन्न म्याच ५१ (छात्रतर्फ) मा सगरमाथा स्कुलले सेन्ट जोसेफ्स स्कुललाई ९२–८४ अङ्कको उच्च स्कोरिङ प्रतिस्पर्धामा पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको छ। उक्त खेलमा सगरमाथाका अमित यादव 'प्लेयर अफ दि म्याच' घोषित भए। यस्तै, छात्रातर्फको तेस्रो स्थानका लागि भएको म्याच ५२ मा एभरेस्ट स्कुलले सेन्ट जोसेफ्स स्कुललाई २३–१८ अङ्कले पराजित गर्दै तेस्रो स्थान सुरक्षित गरेको छ। एभरेस्टकी प्रिन्सी वर्मा खेलकी 'प्लेयर अफ दि म्याच' चुनिइन्।

भोलि भदौ ३० गते एभरेस्ट कलेजमा हुने ग्रान्ड फाइनलमा छात्र र छात्रा दुवै विधाको ट्रफीका लागि बीकेभीएम र अरनिको स्कुलबीच घमसान प्रतिस्पर्धा हुने आयोजक बीबीएका इभेन्ट को-अर्डिनेटर मुकेश यादवले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्