उन्नाइस दिनयता विराटनगर बसपार्कमै रोकिए बस, बिश्वकर्मा पुजापछि छुटछन् काठमाण्डौं

<span class='c1'>उन्नाइस दिनयता विराटनगर बसपार्कमै रोकिए</span> <span class='c2'>बस, बिश्वकर्मा पुजापछि छुटछन् काठमाण्डौं</span>

विराटनगर । विराटनगर बसपार्कबाट दैनिक दिवा तथा रात्रीकालिन यात्राका लागि ३५ वटा बसहरु काठमाण्डौंका लागि छुट्थे । त्यति नै संख्यामा काठमाण्डौंबाट विराटनगरका लागि समेत यात्रु बोकेर फर्कन्थे । सुविधायुक्त सार्वजानिक यातायात सेवा दिदैं आएका दिवा तथा रात्रीकालिन बसहरु गत भदौ १० गतेदेखि आउआउ रोकिएर स्ट्याण्डमा रोकिएका छन् । यसको असरमा यात्रु, यातायात व्यवसायीदेखि यातायातमा काम गर्ने मजदुर र कर्मचारीसम्म परेका छन् । ठूला बसका लागि रसुवा बाढीपछिको अवस्था अझैसम्म सुधार भएको छैन । कृष्णभीरको पहिरोले रोकिरहेको छ ।

भोटेकोशी बाढीपछि अवरोध सडकका कारण ३० सिट क्षमता भन्दा माथिका बसले विराटनगर–काठमाण्डौं र काठमाण्डौं–विराटनगर यात्रा तय गरेका छैनन् । तर, साना सवारीको रुपमा रहेका हायस, बिद्युतीय माइक्रो बस, मिनी बस भने सूचारु रहेका छन् । सपना यातायात कम्पनीका सञ्चालक यातायात व्यवसायी कृष्ण घिमिरेका अनुसार सडक यातायातको भरपर्दो साधन बस १९ दिनयता रोकिएका छन् । जसको मारमा यात्रु समेत परेका छन् ।
यात्रुले समेत धेरै क्षमताका यात्रु बोक्ने बस छोडेर ११–१४ जना मात्रै अट्ने साना सवारीमा जानुपर्दा भाडादरमा कहिं न कहिं ठगीनु पर्ने स्थिति रहेको छ । त्यस बाहेक यातायात व्यवसायीले १९ दिनसम्मको अवरोधमा धेरै क्षति बेहोर्नुपरेको घिमिरे बताउनुहुन्छ । यातायात सञ्चालनमा आएको अवरोधपछि पीडामा भने चालक, सहचालक र सहयोगी परेका छन् । उनीहरुको दुःख सामान्य छैन ।

सुनौलो पूर्व यातायात प्रा.लि.का कोषाध्यक्ष राजु धमलाका अनुसार यातायात व्यवसायी आफैं हात बाँधेर बस्नुपर्ने स्थितिमा मजदुर तथा कर्मचारी बारे सोच्न समेत नसक्ने स्थितिमा रहेको बताउँछन् । उनका अनुसार लामो तथा छोटो दुरीका बसहरुमा कार्यरत मजदुरलाई पालो मिलाएर खटाएर भएपनि पेट पाल्न सहजीकरण गरिएको छ । विराटनगरमा लामो तथा छोटो रुटमा चल्ने २५ कम्पनीका ३५० साना तथा ठूला सवारी रहेका छन् । त्यसमध्ये कसैको लामो तथा छोटो दुरीका सवारी साधन छन् । कसैको लामो दुरीकै फरक फरक स्थानका लागि छुट्छन् ।

वन–प्लस यातायात कम्पनीका भीम अधिकारीका अनुसार २८ सिट क्षमतासम्मको बस दिउँसो काठमाण्डौंका लागि छुट्छ । विराटनगर बसपार्कबाट एउटा मात्रै यस्तो बस छ । बाँकी बसको सिट क्षमता ३२ देखि ४२ सम्म रहेको छ । अधिकारीले सह–चालकहरु घर विदामा रहेको र सहयोगीहरु गाडीको रेखदेखमा रहेकोले कम्पनीले खाना र बस्नको प्रवन्ध मिलाउने गरेको छ । वन–प्लस यातायात कम्पनीका १६ वटा गाडी रहेका छन् । काठमाण्डौं जानका लागि कोशी प्रदेशका अन्य जिल्लाका सहरबाट छुट्ने ठूला बसहरु समेत अहिले रोकिएको व्यवसायीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्