विराटनगर। सेन्ट जोसेफ स्कुलले बाढी तथा पहिरो प्रभावित परिवारको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ४ लाख रुपैयाँ सहयोग गरेको छ।
विद्यालयले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरेको हो। विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का बेला पीडित समुदायको साथमा रहँदै आएको जनाएको छ।
हालैको बाढी तथा पहिरोबाट प्रभावित विभिन्न क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाका लागि सहयोग जुटाउने अभियान चलिरहेको छ। विभिन्न संघसंस्था, विद्यालय तथा व्यक्तिहरूले प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गर्दै आएका छन्।