विराटनगर भाद्र ३१ ,
नेपालिरिका होटल पब्लिक लिमिटेडले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा आश्विनभर विशेष उत्सव आयोजना गर्ने भएको छ।
दमक–६, भृकुटी चोक र सुन्दरहरैँचा–९, विराटचोकस्थित दुवै शाखामा ग्राहकका लागि विशेष आवास तथा खानपानका प्याकेज ल्याइएको होटलले जनाएको छ।
वार्षिकोत्सव अवसरमा विशेष परिकार, कम्बो प्लेटर, पेय पदार्थका प्याकेजसँगै बार्बेक्यु र विभिन्न परिकारका लाइभ फुड स्टेसन सञ्चालन गरिनेछ।
परिवार, साथीभाइ तथा सहकर्मीसँग भेटघाट र रमाइलो गर्न लक्षित कार्यक्रममार्फत होटलले आश्विन महिनालाई स्वाद, आतिथ्य र उत्सवको महिना बनाउने तयारी गरेको छ।
होटल व्यवस्थापनले छैटौँ वार्षिकोत्सवलाई ग्राहक, कर्मचारी, शुभेच्छुक र व्यावसायिक साझेदारसँगको छ वर्षे विश्वास र सहकार्यको उत्सवका रूपमा लिएको जनाएको छ।
“६ वर्षको विश्वास, आत्मीयता र आतिथ्यको उत्सव” भन्ने नारासहित होटलले ग्राहकलाई वार्षिकोत्सवमा सहभागी हुन आग्रह गरेको छ।