विराटनगर भाद्र ३१ ,
अभिनेत्री वर्षा शिवाकोटी अब मनोरञ्जनसँगै स्वास्थ्य तथा डायग्नोस्टिक क्षेत्रमा पनि सक्रिय हुने भएकी छन्।
वर्षा मेडिक्वेस्ट डायग्नोस्टिक लिमिटेडको ब्रान्ड फेसका रूपमा जोडिएकी छन्। सहकार्यअन्तर्गत उनले ब्रान्ड प्रवर्द्धनसँगै मार्केटिङ, ब्रान्ड विकास र जनसम्पर्कका गतिविधिमा भूमिका निर्वाह गर्नेछिन्।
वर्षाका लागि यो सहकार्य सामान्य ब्रान्ड एन्डोर्समेन्टभन्दा फरक छ। उनी संस्थाको दीर्घकालीन व्यावसायिक यात्रासँग समेत नजिकबाट जोडिने बताइएको छ।
“म आफूलाई अभिनेत्रीका रूपमा मात्र सीमित राख्न चाहन्नँ। नयाँ क्षेत्र सिक्ने र आफूलाई विस्तार गर्ने अवसर खोजिरहेकी छु,” वर्षाले भनेकी छन्।
अभिनयबाट चिनिएकी वर्षाको व्यवसाय र उद्यमशीलतातर्फको यो नयाँ कदमले उनको करियरको अर्को पाटोसमेत देखाएको छ।