अन्ततः ढले महेन्द्र मोरङ क्याम्पसका ६० वर्ष पुराना जोखिमयुक्त रुखहरु

<span class='c1'>अन्ततः ढले महेन्द्र मोरङ क्याम्पसका ६०</span> <span class='c2'>वर्ष पुराना जोखिमयुक्त  रुखहरु</span>

विराटनगर । विरोध र विवादकाबीच विराटनगर १२ मा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस परिसरमा रहेका करिब ६० वर्ष पुराना १३ वटा जोखिमयुक्त मसलाका रुख कटान गरिएको छ ।

क्याम्पस परिसरमा रहेका रुखहरू कुनै पूर्वजानकारी तथा वातावरणीय अध्ययनबिना काट्न लागिएको भन्दै विद्यार्थी, स्थानीयवासी तथा अभियन्ता पारुल क्षेत्रीको टोलीले केही दिनदेखि विरोध जनाउँदै आएका थिए । उनीहरूले व्यक्तिगत स्वार्थका लागि कुनै ठोस योजना र वातावरणीय पक्षको अध्ययनबिना पुराना रुख काट्न नहुने भन्दै कटान रोक्न माग गरेका थिए ।

तर, नेपाल वन पैदावार उद्योग व्यवसायी संघ विराटनगर–मोरङले भने प्रचलित कानुन तथा निर्धारित प्रक्रिया पूरा गरेर सार्वजनिक लिलाममार्फत रुख खरिद गरिएको जनाएको छ ।
संघका अध्यक्ष रामकुमार दाहालका अनुसार महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले कानुनी प्रक्रिया पूरा गरी सार्वजनिक लिलाम आह्वान गरेको थियो । सोही प्रक्रियामार्फत संघले क्याम्पस परिसरका १३ वटा जोखिमयुक्त मसलाका रुख ७ लाख ४६ हजार ९ सय ९९ रुपैयाँमा खरिद गरेको दाहालले बताउनुभयो ।

रुख कटानको विषयलाई लिएर केही दिनयता सामाजिक सञ्जाल तथा सार्वजनिक रूपमा विभिन्न किसिमका अफवाह फैलाइएको भन्दै संघले प्रेस विज्ञप्तिमार्फत आपत्तिसमेत जनाएको थियो । संघले आफूले कानुनबमोजिमको प्रक्रिया पूरा गरेर रुख खरिद गरेको स्पष्ट पारेको छ ।

यसैबीच, क्याम्पस प्रशासनले कटान गरिएको स्थानमा थप उपयुक्त प्रजातिका बिरुवा रोप्ने जनाएको छ । पुराना तथा जोखिमयुक्त रुख हटाएपछि सो स्थानमा वातावरणीय सन्तुलन कायम राख्ने गरी नयाँ बिरुवा रोपिने प्रशासनको भनाइ छ । रुख कटानको विषयमा एकातर्फ वातावरणीय संरक्षण र पारदर्शिताको प्रश्न उठाइएको छ भने अर्कोतर्फ क्याम्पस प्रशासन तथा व्यवसायी पक्षले भने कानुनी प्रक्रिया पूरा गरेर लिलाम गरिएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्