रसुवा बाढीमा दिवंगत भएकाहरूको सम्झनामा विराटनगरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने

<span class='c1'>रसुवा बाढीमा दिवंगत भएकाहरूको सम्झनामा विराटनगरमा</span> <span class='c2'>श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने</span>

विराटनगर । रसुवाको भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको बाढी र प्राकृतिक विपद्मा दिवंगत भएकाहरूको सम्झना तथा आत्माको चिरशान्तिको कामनामा विराटनगरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ।

विराटनगर महानगरपालिका–१ पोखरियास्थित निज निवासमा आयोजना हुने महायज्ञमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै धार्मिक अनुष्ठान, श्रीमद्भागवत पाठ–पारायण तथा कथा प्रवचन गरिने आयोजकले जनाएको छ। रसुवा बाढीपछि ठूलो मानवीय क्षति भएको र अझै धेरै व्यक्ति सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भइरहेका बेला दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै धार्मिक कार्यक्रम आयोजना गर्न लागिएको हो।

निमन्त्रणापत्रअनुसार २०८३ असोज ४ गते आइतबार बिहान ६ बजे कलश यात्रा निकालेर महायज्ञको शुभारम्भ गरिनेछ। त्यसपछि मण्डप पूजा एवं पाठ–कथा प्रारम्भ हुनेछ। महायज्ञ अवधिभर दैनिक बिहान मण्डप पूजा तथा आरती, पाठपारायण र दिउँसो कथा प्रवचन हुने कार्यक्रम रहेको छ। साँझ आरती, महात्म्य तथा भजनकीर्तनसमेत गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा पं.यदुनन्दन शास्त्रीको मुखारविन्दबाट श्रीमद्भागवत कथा प्रवचन हुने निमन्त्रणापत्रमा उल्लेख छ। असोज १० गते बिहान तिलक चन्दन तथा पूर्णाहुति कार्यक्रम र त्यसपछि तिलक–प्रसाद वितरण गरिनेछ।आयोजकले रसुवा बाढी तथा अन्य प्राकृतिक विपद्मा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गर्न महायज्ञ आयोजना गरिएको जनाएको छ। साथै विपद्बाट प्रभावित परिवार तथा सम्पूर्ण प्रभावितप्रति सहानुभूति व्यक्त गरिएको छ। हाल रसुवा बाढीपछि खोज तथा उद्धार कार्य जारी रहेको र ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्