काँग्रेस वडा अधिवेशन, विराटनगरमा छैन चालचुल

<span class='c1'>काँग्रेस वडा अधिवेशन,</span> <span class='c2'>विराटनगरमा छैन चालचुल</span>

विराटनगर । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत असोज ३ र ४ गतेदेखि सुरु हुने वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बुधबार दावी गरेको थियो । दावी अनुसार वडातहको अधिवेशनका लागि प्राविधिक तयारी सुरु हुनुपर्ने थियो । तर, विराटनगरमा अहिलेसम्म त्यसको कुनैपनि छनक दिने तारतम्य देखिएको छैन ।

केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशनसहित महाधिवेशनअन्तर्गतका अन्य अधिवेशनको तयारीसमेत पूरा भएको भनेअनुसार वडामा प्राविधिक टोलि आइपुगेको छैन । विराटनगर महानगरपालिका नगरसभापति दिपक चापागाँईका अनुसार अधिवेशन हुन पहिलो शर्त मतदाता निर्धारुण हो । मतदाता बिना के को उम्मेदवार न अधिवेशन । अहिलेसम्म क्रियाशिलताका आधारमा वडामा यति मतदाता हुने अनि यति प्रतिनिधि चयन हुने भन्ने यकिन भएको छैन । वडाको अधिवेशनको स्थान तोकिएको छैन, निर्वाचन अधिकृत वा अधिवेशन गराउने प्रतिनिधि तोकिएको छैन ।

चापागाँइले यहि अवस्थामा अहिले अधिवेशन गर्नु गलत हुने बताए । उनले आफू मध्यममार्गी बाटोमा रहेको सुनाए । उनले काँग्रेस एकता महाधिवेशन हुने अवस्था नआउँदासम्म कुनैपनि तहको उम्मेदवार समेत नबन्ने दावी गरेका छन् । चापागाँईले केन्द्रमा समेत डाक्टर शेखर कोइराला गगन थापासँग नजिक भएको भन्ने हल्ला निराधार रहेको बताए । उनका अनुसार डाक्टर शेखरले काँग्रेस एकता महाधिवेशन चाहिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्