अनपुर्ण कलेज अफ लद्वारा बीएएलएलबी ब्याच २०८३ का नवप्रवेशी विद्यार्थीलाई स्वागत

<span class='c1'>अनपुर्ण कलेज अफ लद्वारा बीएएलएलबी ब्याच</span> <span class='c2'>२०८३ का नवप्रवेशी विद्यार्थीलाई स्वागत</span>

विराटनगर । विराटनगरस्थित अनपुर्ण कलेज अफ लले बीएएलएलबी ब्याच २०८३ का नवप्रवेशी विद्यार्थीलाई स्वागत गरेको छ । विराटनगर–दुर्गाचोकस्थित कलेजले आयोजना गरेको स्वागत कार्यक्रममा यस वर्ष नयाँ भर्ना भएका विद्यार्थीलाई कलेजको शैक्षिक वातावरण, अध्यापन पद्धति, प्राध्यापक तथा कर्मचारीसहित कलेजका संस्थापक र व्यवस्थापन पक्षसँग परिचय गराइएको थियो ।


कार्यक्रममा बोल्दै कलेजका सञ्चालक अधिवक्ता विकास थापाले अनपुर्ण कलेजलाई कोशी प्रदेशकै उत्कृष्ट कानुन शिक्षण संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । कानुन अध्ययनका लागि यस क्षेत्रका अधिकांश विद्यार्थी काठमाडौं जाने गरेको उल्लेख गर्दै उनले काठमाडौंमा उपलब्ध शिक्षामैत्री वातावरण र गुणस्तरीय शिक्षालाई विराटनगरमै उपलब्ध गराउने उद्देश्यसहित कलेज अघि बढिरहेको बताए । थापाले अनपुर्ण कलेज अफ ल यस वर्ष दोस्रो वर्षमा प्रवेश गरेको बताए । कलेजमा बीएएलएलबीका लागि ६० वटा सिट रहेको र केही सिट मात्र बाँकी रहेको उनले जानकारी दिए । कानुन शिक्षालाई व्यवहारिक तथा विद्यार्थीकेन्द्रित बनाउँदै अध्ययनसँगै कानुनी ज्ञान र व्यावहारिक सीप विकासमा समेत जोड दिइने उनको भनाइ थियो ।

स्वागत कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका कानुन संकायका पूर्वडिनहरू, कलेजका संस्थापक सदस्य, अधिवक्ताहरू, विद्यार्थी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नवप्रवेशी विद्यार्थीलाई कलेजको शैक्षिक यात्रा, अध्ययनका अवसर तथा कानुन व्यवसायसँग सम्बन्धित विषयमा समेत जानकारी गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्