विराट मेडिकल कलेजमा ‘एचपीईडी–कन २०२६’को सम्मेलन कार्यशाला सुरु

<span class='c1'>विराट मेडिकल कलेजमा ‘एचपीईडी–कन</span> <span class='c2'>२०२६’को सम्मेलन कार्यशाला सुरु</span>

विराटनगर । विराट मेडिकल कलेजअन्तर्गतको स्वास्थ्य व्यवसाय शिक्षा विभाग (एचपीईडी) ले स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित आयोजना गरेको ‘एचपीईडी–कन २०२६’ को पूर्व–सम्मेलन कार्यशाला सुरु भएको छ।


सन् २०१६ मा स्थापना भएको एचपीईडी विभागको १०औँ वार्षिकोत्सवका अवसरमा असोज १ देखि ३ गतेसम्म सम्मेलन आयोजना हुँदैछ। ‘स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रमा नेतृत्व : नवप्रवर्तन, समावेशिता र प्रभाव’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सम्मेलनमा स्वास्थ्य व्यवसाय शिक्षाका विभिन्न विषयमा छलफल हुने जनाइएको छ।


सम्मेलनको पहिलो दिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा ‘स्वास्थ्य व्यवसाय शिक्षामा शिक्षण, सिकाइ तथा मूल्याङ्कनमा कृत्रिम बुद्धिमत्ता’ विषयक सत्र सञ्चालन गरिएको थियो। त्यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा ‘क्षमतामा आधारित चिकित्सा शिक्षामा मूल्याङ्कन’ विषयक सत्रसमेत सञ्चालन गरिएको आयोजकले जनाएको छ।


सम्मेलनमा स्वास्थ्य व्यवसाय शिक्षामा देखिएका चुनौती, सुधारका सम्भावना तथा विश्वव्यापी अभ्यासबारे गहन छलफल गरिनेछ। कार्यक्रममा अनुसन्धानमूलक प्रस्तुति, अन्तरक्रिया, अनुभव आदानप्रदान तथा परामर्श सत्रसमेत सञ्चालन हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्