विराटनगर । लायन्स क्लब अफ बिराटनगर सोसियलले विभिन्न सामाजिक कार्यहरुमा आफ्नो गतिविधीलाई सकृयताका साथ अगाडी बढाईरहेको छ । क्लबले बिहीबार दुई वटा सामाजिक कार्यको आयोजना गरेर सम्पन्न गरेको छ।
क्लबले जनता नमुना मा.बि विराटनगर २ शंकरपुरमा सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीसँगको सहकार्यमा लागू ओैषध दुव्र्यशन विरुद्धको सचेतना कार्यक्रम आयोजना गरेको छ । विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीलाई सहभागी गराएर लागुऔषध दुव्र्यशन विरुद्धको सचेतना गराइएको थियो ।
यसैगरी शारिरीक रुपमा अशक्तहरुलाई व्हिल चेयर वितरणको कार्य समेत आयोजना गरिएको लायन्स क्लव अफ विराटनगर सोसियलका सचिव प्रकाश शर्माले जानकारी दिएका छन् । मोरङको सुनवर्सी नगरपालिका दुई जना शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई २ थान व्हिल चेयर बितरण गरिएको थियो ।
सुनवर्षी नगरपालिका वडा नं. ५ झुंगिटोलका मानिकचन्द ऋषिदेव र वडा नम्बर अमरदहका हरिलाल ऋषिदेवलाई चेयर हस्तान्तरण गरिएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारीसहित लायन्स क्वलका अग्रज लिला ढुङेल लगायत क्लबका विभिन्न पदाधिकारीको उपस्थिती रहेको थियो। क्वलका अध्यक्ष देवकिनन्दन अग्रवालको अगुवाईमा कार्यक्रम सम्पन्न भएको हो ।