‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा उदयपुर विजयी

<span class='c1'>‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता</span> <span class='c2'>सुरु, उद्घाटन खेलमा उदयपुर विजयी</span>

विराटनगर । विराटनगरमा आजदेखि ‘एक्सट्रिम इनर्जी ड्रिंक प्रस्तुत ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा उदयपुरले मोरङलाई ४१ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

पहिले ब्याटिङ गरेको उदयपुरले निर्धारित १२ ओभरमा ७ विकेट गुमाउँदै ८५ रन बनाएको थियो। उदयपुरका आदित्य बीकेले १८ बलमा ३६ रन बनाउँदा धवन साहनीले १५ बलमा २१ रन र प्रसन्ना धितालले १४ रनको योगदान दिए। ८६ रनको लक्ष्य पछ्याएको मोरङ ११.५ ओभरमा ४४ रनमै अलआउट भएपछि उदयपुर ४१ रनले विजयी भएको हो।

प्रतियोगितामा विभिन्न टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ। विराटनगरमा सुरु भएको प्रतियोगिताले स्थानीय तथा उदीयमान क्रिकेट खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्