देवानगञ्जमा दुई यादव समूहबीच झडप, एक घाइते : दुई जना नियन्त्रणमा

<span class='c1'>देवानगञ्जमा दुई यादव समूहबीच झडप, एक</span> <span class='c2'>घाइते : दुई जना नियन्त्रणमा</span>

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१, मध्येसाहीस्थित बीपी चोकमा दुई यादव समूहबीच झडप हुँदा एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिवार साँझ करिब ५ः२५ बजे दुई यादव समूहबीच झडप भएको हो।

झडपका क्रममा देवानगञ्ज–१ का २४ वर्षीय निरज कुमार यादवको पृष्ठभागमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा देवानगञ्ज–२ का १८ वर्षीय विष्णु कुमार यादव र सोही स्थानका २६ वर्षीय जयकृष्ण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको तथा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीले घटनालाई लिएर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा गोली प्रहारबाट मानिसको मृत्यु र घाइते भएको भन्दै गलत सूचना सम्प्रेषण भएको भन्दै त्यस्ता भ्रामक समाचारमा विश्वास नगर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्