ड्रिम टु प्ले : सुनसरीले इलामलाई ५ विकेटले पराजित गर्यो

<span class='c1'>ड्रिम टु प्ले : सुनसरीले</span> <span class='c2'>इलामलाई ५ विकेटले पराजित गर्यो</span>

विराटनगर असोज ४ , विराटनगरमा जारी  ड्रिम टु प्ले प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा सुनसरीले इलामलाई ५ विकेटले पराजित गरेको छ।

पहिले ब्याटिङ गरेको इलामले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै ७५ रन बनाएको थियो। इलामका लागि नाशिभ दुवालले २५ बलमा २४ रन तथा हेम खत्रीले १५ बलमा २२ रन बनाए। सुनसरीका कबिराज खत्रीले २ तथा रबिन मण्डल र समीर तिम्सिनाले समान २ विकेट लिए।

७६ रनको लक्ष्य पछ्याएको सुनसरीले ११.२ ओभरमै ५ विकेट गुमाएर ७९ रन बनाउँदै जित हात पार्‍यो। सुनसरीका राजु विश्वकर्माले ३५ बलमा ४० रन बनाए भने सारुशा श्रेष्ठले ११ बलमा १५ रनको योगदान दिए।

बलिङतर्फ इलामका राकेश आङदाम्बेले २ विकेट लिए।

सुनसरीले २२ बल बाँकी रहँदै ५ विकेटको जित दर्ता गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्