बाटो मिलाएपछि विराटनगर आइपुग्छ भारतको माछा

<span class='c1'>बाटो मिलाएपछि विराटनगर</span> <span class='c2'>आइपुग्छ भारतको माछा</span>

विराटनगर । नेपालमा माछा आयात गर्दा पूरा गर्नुपर्ने कानुनी प्रक्रिया धेरै छ । भारतबाट होस् वा अन्य मुुलुकबाट व्यावसायिक रूपमा माछा (ताजा, जमेको, वा भुरा) आयात गर्दा पशु सेवा विभाग मातहतका निकायहरूबाट अनुमति लिनु अनिवार्य हुन्छ।

तर, विराटनगर बजारमा भारतबाट आउने माछा कुनैपनि कानुनी प्रक्रिया मिलाइरहनु पर्दैन । खाली मिलाउनुपर्छ बाटो । पछिल्लो समय सुनसरीको बर्जु गाउँपालिकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग सेटिङ मिलाएर माछा भित्र्याउने गरिएको छ । जुन माछा विराटनगरका दिलिप सहनीको बिक्री कक्षसम्म आइपुग्ने दावी गरिन्छ । नेपालमा भारतबाट माछा आयात गर्दा कोलकाता क्वारेन्टाइनबाट स्वच्छताको प्रमाणपत्र ल्याउनु पर्नेहुन्छ । आयात गर्नुपूर्व आयातकर्तासँग फर्म\कम्पनी दर्ता हुनुपर्छ ।

कारोबार गर्ने बैंक खाता समेत चाहिन्छ । माछा नेपाल भित्र्याउनु अगाडि नै नेपाल सरकारको पशु सेवा विभाग वा तोकिएको पशु क्वारेन्टाइन कार्यालयबाट आयात अनुमति पत्र लिनुपर्छ।उत्पत्तिको देशबाट माछा नेपालको सिमानामा स्वच्छता प्रमाणपत्र, माछा निर्यात गर्ने देशको सरकारी निकाय द्वारा जारी गरिएको माछा स्वास्थ्य र खानका लागि सुरक्षित भएको आधिकारिक प्रमाणपत्र, फर्मालिन मुक्त भएको प्रमाणपत्र, प्रतिबन्धित एन्टिबायोटिक प्रयोग नभएको प्रयोगशाला रिपोर्ट चाहिन्छ ।

त्यो प्रमाणपत्रसहित भन्सार नाकामा क्वारेन्टाइन प्रक्रियामा लैजानुपर्छ । त्यहाँ कागजात जाँच, भौतिक तथा ल्याब परीक्षण प्रतिवेदन हेरेपछि माछाको अवस्था बुझिन्छ । त्यसपछि क्वारेन्टाइन रिलिज अर्डर जारी हुन्छ । अर्थात्, माछा खानयोग्य रहेकोले भन्सार जाँचपास गर्न मिल्छ भन्ने बुझिन्छ । तर, सीमापार भारतीय बजारबाट बाइकमै दिउँसो राती नै माछा आइरहेको छ । त्यसको कुनै रोकावट नै छैन । पछिल्लो समय माछा सुनसरीबाट प्रवेश पाउने गरेको छ । अमडुवा हुँदै प्रवेश गर्ने माछा विराटनगरको पिचरा हुँदै बसपार्क नजिकका पसलमा आउने गरेको हो ।

सीमापार भारतीय बजार जोगबनीको टिकुलीया बस्तीबाट नेपालका सीमा जोडिएका शहरमा सिद्रा तथा अन्य माछाको तस्करी उसैगरी चल्दै आएको थियो । सरकारले स्वच्छताको प्रमाणपत्र अनिवार्य गरेपछि माछा तथा सिद्राको आयात सहज रुपमा संभव छैन । भारतको माछा नेपालमा आयात गर्न कोतकाताबाट स्वच्छताको प्रमाणपत्र लिनुपर्ने हुन्छ । प्रमाणपत्र जारी भएको दशदिन भित्रै नेपालको भन्सार र पशु क्वारेन्टाइनमा माछा आईसक्नु पर्दछ ।

भारतबाट सहजै माछा आयात संभव नभएपछि नेपालमा तस्करी धन्दा चलाउने गिरोह सक्रिय छ । जोगबनीको टिकुली बस्तीमा बसेर रातभर विभिन्न नाकाबाट माछा भित्र्याउने धन्दामा सक्रिय थिइन, निलम सहनी । उनले माछासहित सिद्रा समेत भित्र्याउने गरेकी छिन् । पछिल्लो समय भने विराटनगरमा केहि कडाई भएको छ । त्यसपछि सुनसरीबाट माछा भित्र्याउने गरिएको हो ।

दिलिप सहनीले भने सबैले गर्ने गरेपनि नाम चाँहि आफ्नो मात्रै आउने गरेको बताए । उनले साथीभाई मिलान गरेर गर्दा अहिले नाफा हुने अवस्था नभएको सुनाए । माछा आफूले नल्याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्