ज्वानो–मरिच, हिङ्ग–सुपसम्म अवैध आयात, बिनोद केशरीको घरमै ३५ बोरा खाद्यवस्तु बरामद

<span class='c1'>ज्वानो–मरिच, हिङ्ग–सुपसम्म अवैध आयात, बिनोद केशरीको</span> <span class='c2'>घरमै ३५ बोरा खाद्यवस्तु बरामद</span>

विराटनगर । खुल्ला सीमानाकाबाट खाद्यन्नका सामान अवैध रुपमा भित्र्याएर विभिन्न पसलसम्म पु¥याउँदै आएका विराटनगर–६ का बिनोद केशरीको घरमा शनिबार सशस्त्र प्रहरी बलले छापा हान्यो । विराटनगर ९ पुरानो गुद्री बजारमा उनको पसल थियो । विराटनगर–६ सरोचियामा उनको घर थियो । सशस्त्र प्रहरीले मरिच, ज्वानो, सुप, हिङ्गसहित सात आइटम वस्तु पोकापोकाबाट बोरामा खन्याएको थियो । जुन सामान ३५ बोरा भरियो ।
केशरीले मोरङ–सुनसरीको खुल्ला सीमानाकाबाट साइकल हुँदै भित्र्याएको सामान घरमा गोदाम गरेका राखेका थिए । तर, सशस्त्र प्रहरीलाई भने उनले ठगे । आफ्नै घरलाई समेत अर्काको भनेर लेखाएका थिए । प्रहरीले बरामद गरेको सामान बजार मूल्य अनुसार नौलाख बराबरको छ । उनले लामो समयदेखि १७ गर्दै आएको कारोबारमा पहिलो पटक प्रहरीले कारवाही चलाएको छ ।
क्यारिङ्गमार्फत घरसम्म ल्यायो अनि रातारात बील काटेर ट्रान्सपोर्ट हुँदै पसलसम्म पु¥याउने काम गर्दै आएको सशस्त्रसम्म सूचना पुगेको थियो । बिनोद केसरीसम्म सामान ल्याउन समूहमा गणेश साह, श्रवण साह, सुरेश यादवसम्म रहेका छन् । उनीहरुकै समूहका सदस्य १७ जना रहेका छन् । ती सबैले सामान यहाँसम्म ल्याउने गरेका गिए ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख गेहेन्द्र भण्डारीका अनुसार विशेष सूचनाका आधारमा शनिबार छापा हानेर सामान नियन्त्रणमा लिइएको हो । विदा परेका कारण सामान सोमबार मात्रै भन्सार बुझाइने छ । उनका अनुसार सशस्त्रलाई लामो समयदेखि प्राप्त भएको सूचना आधारमा अनुकुल समय पारेर खानतलासी लिइएको थियो । केशरी लामो समयदेखि अवैध कारोबारमा संलग्न रहेको आरोप लाग्दै आएको थियो । तर, अहिलेसम्म स्थानीय प्रशासनको अनदेखा रँहदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्