विराटनगरको ‘ह्याप्पी आवर हेभेन’ को तीन वर्ष पुरा, थारु विशेष परिकार थप्दै

<span class='c1'>विराटनगरको ‘ह्याप्पी आवर हेभेन’ को तीन</span> <span class='c2'>वर्ष पुरा, थारु विशेष परिकार थप्दै</span>

विराटनगर । विराटनगर–४ पिपल चोकस्थित ह्याप्पी आवर हेभेन रेष्टुरेन्टले आफ्नो सञ्चालनको तीन वर्ष पूरा गरेको छ। तेस्रो वार्षिकोत्सवको अवसरमा रेष्टुरेन्टले ग्राहकका लागि विशेष थारु परिकार सुरु गरेको छ। साथै अन्य बिभिन्न अफर समेत सुरु गरेको छ ।

स्थानीय स्वाद र नेपाली मौलिक खानालाई प्राथमिकता दिँदै थारु समुदायका परम्परागत परिकारहरू मेनुमा समावेश गरिएको रेष्टुरेन्टले जनाएको छ।

रेष्टुरेन्टका अनुसार आगामी दिनमा नेपालका विभिन्न समुदाय र क्षेत्रका मौलिक तथा सांस्कृतिक नेपाली परिकारहरू समेत मेनुमा थपिँदै जानेछन्। स्थानीय खानाको स्वादलाई प्रवर्द्धन गर्दै विराटनगरमै फरक नेपाली खानाको अनुभव दिने उद्देश्य रहेको रेष्टुरेन्टको भनाइ छ।

तीन वर्षको यात्रामा साथ दिने ग्राहक, शुभेच्छुक तथा सम्पूर्ण परिवारप्रति आभार व्यक्त गर्दै ह्याप्पी आवर हेभेनले आगामी दिनमा अझ नयाँ स्वाद र अनुभव प्रस्तुत गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्