गणतन्त्रमा हाम्रो अधिकार खोइ? – मोरङ मुस्लिम समाज

<span class='c1'>गणतन्त्रमा हाम्रो अधिकार खोइ?</span> <span class='c2'>– मोरङ मुस्लिम समाज</span>

विराटनगर १५ जेठ । दोस्रो चरणको निर्वाचन असार ९ गतेका लागि सारिएकोमा मोरङका मुस्लिम समुदायले कडा आपत्ती जनाउदै आन्दोलन गरेका छन् । गणतन्त्र दिवसको अवसरमा मोरङ मुस्लिम समाजले सोमबार ‘गणतन्त्रमा हाम्रो अधिकार खोई , प्रश्न सहित विराटनगरमा गरेको प्रदर्शनमा उत्रिएका हुन् ।
असार ९ गते शुक्रबारका दिन रमजान महिनाको अन्तिम शुक्रबार परेकाले सो दिन ईस्लाम धर्मावलम्बीहरुले बिशेष प्रार्थना र धार्मिक गतिविधिमा सहभागि हुनुपर्ने भएकाले उक्त दिन निर्वाचनमा आफुहरु सहभागि हुन नसक्ने भन्दै आन्दोन गरेका हुन् । सरकारले जेठ ३१ गते का लागि निर्वाचन घोषणा गरेर अन्यायमा पारेको मुस्लिम समुदायलाई असार ९ गतेका लागि निर्वाचन सारेर झन अन्यायमा पारेको उनिहरुको भनाई थियो । मोरङ मुस्लिम समाजका प्रवक्ता वसिम आलमले मुृस्लिम समुदायलाई समेत पायक पर्नेगरि निर्वाचनको मिति सार्नुपर्ने माग गरे । आलमले भने त्यसो नगरे सम्पुर्ण मुस्लिम समुदाय संगठीत भएर आन्दोलनका आंधीबेरी ल्याउने चेतावनी दिए ।
मुस्लिम समाज रमजानको नियमित नवाज प्रार्थना पछि बाहुलामा कालो पट्टी बांधेर बुधहाट चोक स्थित मस्जिद अगाडीको सडकमा प्रदर्शन गरिएको सेहेन्सा सिन्दिकीले बताए । लामबद्ध भएका सहभागिहरुले गणतन्त्रलाई हामी सम्मान गछौं तर हाम्रो अधिकार खोई,ईदको दिनमा पारिएको कक्षा ११ को परीक्षा सारौं र विराटनगलाई महानगरपालिका घोषणा गर लगायतका प्लेड कार्ड बोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्