विराटनगर । कोशी अस्पताल विकास समितिमा नयाँ नेतृत्व आएसँगै अस्पतालको सेवा र व्यवस्थापनमा सुधार हुने अपेक्षा बढेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले डा. सुमित घिमिरेलाई अध्यक्ष तथा ललिता सरदार, डा. नूतन नौलखा र मजहर हुसेनलाई सदस्यमा नियुक्त गरेकी हुन्।
नवनियुक्त पदाधिकारीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। नयाँ नेतृत्वले अस्पतालको पूर्वाधार, सेवा प्रवाह र व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अघि बढ्ने अपेक्षा गरिएको छ।
कोशी प्रदेशकै प्रमुख सरकारी अस्पतालका रूपमा रहेको कोशी अस्पतालमा सुधार आए विपन्न तथा न्यून आय भएका नागरिकसहित प्रदेशभरिका सर्वसाधारणले सहज, गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा पाउने आशा गरिएको छ।
नयाँ नेतृत्वसँगै कोशी अस्पतालले नयाँ गति लिने र प्रदेशवासीले सरकारी अस्पतालबाटै स्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।