रास्वपा मोरङको ह्विप: चुनावी तयारीमा अनुशासन अनिवार्य

<span class='c1'>रास्वपा मोरङको ह्विप: चुनावी</span> <span class='c2'>तयारीमा अनुशासन अनिवार्य</span>

विराटनगर असोज १३ , 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ जिल्ला समितिले आगामी निर्वाचनलाई केन्द्रित गर्दै पार्टीको संस्थागत निर्णय, एकता तथा अनुशासन कायम राख्न ६ बुँदे आधिकारिक परिपत्र जारी गरेको छ। जिल्ला सभापति भरत कडेलद्वारा जारी गरिएको उक्त परिपत्रमार्फत मातहतका सम्पूर्ण पालिका समिति, वडा समिति तथा पार्टी सदस्यहरूलाई विधान र आचारसंहिताको दायराभित्र रहेर मात्र चुनावी गतिविधि सञ्चालन गर्न निर्देशन दिइएको छ।

परिपत्रमा पार्टीको आधिकारिक संरचना र निर्णय प्रक्रियालाई कमजोर बनाउने खालका कुनै पनि गुट वा उपगुटगत गतिविधि, छुट्टै बैठक वा भेला सञ्चालन गर्न पूर्ण रूपमा रोक लगाइएको छ। तर विधानसम्मत छलफल, परामर्श तथा मतभिन्नतालाई भने यस प्रावधानले निषेध नगर्ने प्रस्ट पारिएको छ। यस्तै, पालिकास्तरमा हुने चुनावी भेला तथा गतिविधि सम्बन्धित पालिका समितिको समन्वय र निर्णयअनुसार मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।

सामाजिक सञ्जालको प्रयोग सम्बन्धमा पनि समितिले कडाइ गरेको छ। पार्टीको नाम, झन्डा वा लोगो प्रयोग गरी फेसबुक पेज, ग्रुप, ह्वाट्सएप ग्रुपलगायतका डिजिटल समूहहरू सञ्चालन गर्दा सम्बन्धित पालिका तथा जिल्ला समितिको पूर्वस्वीकृति लिनुपर्नेछ। व्यक्तिगत, समूहगत वा गुटगत स्वार्थका लागि पार्टीको पहिचान प्रयोग गरी सामाजिक सञ्जाल चलाइएको पाइएमा अनुशासन उल्लंघनको विषय मानिने परिपत्रमा उल्लेख छ।

विधान वा आचारसंहिताविपरीत काम गरेको उजुरी वा सूचना प्राप्त भएमा तथ्य प्रमाणका आधारमा स्पष्टीकरण सोधिने र कसुरको प्रकृति हेरी चेतावनी, जिम्मेवारीसम्बन्धी निर्णय वा कारबाहीका लागि अधिकारप्राप्त निकायमा सिफारिस गरिने जनाइएको छ।

आगामी निर्वाचन पार्टीको साझा अभियान भएकाले व्यक्तिगत मतभेद र आन्तरिक प्रतिस्पर्धालाई संस्थागत संरचनाभन्दा माथि नराख्न आग्रह गर्दै जिल्ला समितिले सम्पूर्ण सदस्यहरूलाई आपसी सम्मान, वैधानिक प्रक्रिया र एकताका साथ अघि बढ्न अपिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्