मोरङ कांग्रेसको अधिवेशनमा तनाव, जिल्ला सभापति र उम्मेदवार आमनेसामने

<span class='c1'>मोरङ कांग्रेसको अधिवेशनमा तनाव, जिल्ला</span> <span class='c2'>सभापति र उम्मेदवार आमनेसामने</span>

विराटनगर । आफैँलाई लोकतान्त्रिक पार्टीका रूपमा चिनाउँदै आएको नेपाली कांग्रेसको अधिवेशनमै विवाद र झन्डै हात हालाहालको अवस्था सिर्जना भएको छ ।
भिडियोमा देखिएको यो दृश्य मोरङको लेटाङस्थित जनसेवा सामुदायिक वनको भवनमा मंगलबार आयोजित नेपाली कांग्रेसको क्षेत्र नम्बर १ को अधिवेशनको हो ।
अधिवेशन चलिरहँदा नेपाली कांग्रेस मोरङका जिल्ला सभापति डिगबहादुर लिम्बू र क्षेत्रीय सभापतिका उम्मेदवार देवराज चाम्लिङ राईबीच भनाभन भएको हो ।

कार्यक्रममा बोल्ने पालो नआउँदै राईले माइक समातेर बोल्न थालेपछि जिल््ला सभापति लिम्बूले पोडियम छेउमा पुगेर राईलाई धकेल्दै पालो आएपछि बोल्न भन्दै रोक्न खोजेका थिए । त्यसपछि सुरु भएको विवाद चर्किँदै जाँदा दुवै पक्षबीच झन्डै हात हालाहालको अवस्था सिर्जना भएको भिडियोमा देखिन्छ । विवाद बढ्दै गएपछि उपस्थित अन्य कार्यकर्ताहरूले हस्तक्षेप गरी उनीहरूलाई छुटाएका थिए । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले वडा, पालिका, नगर र क्षेत्रीय अधिवेशनहरू भइरहेका छन् । तर, नेतृत्व चयनका क्रममा विभिन्न स्थानमा विवाद र झडपका घटनासमेत सार्वजनिक भइरहेका छन् । लोकतान्त्रिक अभ्यासबाट नेतृत्व चयन गर्नुपर्ने अधिवेशनमै देखिएका यस्ता विवादले कांग्रेसको आन्तरिक निर्वाचन प्रक्रियामाथि प्रश्न उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्