विराटनगर । विराटनगरको अस्पताल चोकमा रहेका तीन वटा फार्मेसी सिलबन्दी गरिएको छ । औषधी व्यवस्था विभाग विरारटनगरले मंगलबार अनुगमनका क्रममा इमान फार्मेसी, खुश फार्मेसी र सुरेश फार्मेसी सिलबन्दी गरेको हो ।

औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक एलन खड्काका अनुसार नविकरण नगरी सञ्चालन गरेको र अनुचित रूपमा औषधी भण्डारण गरेको पाइएपछि ती फार्मेसी सिलबन्दी गरिएको हो ।

विभागले औषधी पसलहरूको अनुगमनका क्रममा नियमविपरीत सञ्चालन तथा औषधी भण्डारण गरेको पाइएपछि कारबाहीस्वरूप सिलबन्दी गरेको निरीक्षक खड्काले जानकारी दिए ।