नेपाली कांग्रेस विराटनगर महानगरको मतदान सकियो, आजै मतगणना हुने

<span class='c1'>नेपाली कांग्रेस विराटनगर महानगरको मतदान</span> <span class='c2'>सकियो, आजै मतगणना हुने</span>

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिको नगर अधिवेशनअन्तर्गतको मतदान सम्पन्न भएको छ। बुधबार बिहान १० बजेदेखि सुरु भएको मतदान अपराह्न ४ बजेसम्म चलेको थियो।

महानगर सभापतिका लागि कृष्णबहादुर कार्की र केशव गिरी प्रतिस्पर्धामा छन् । विराटनगर–१ स्थित नेपाली कांग्रेस मोरङ जिल््ला समितिको भवनमा भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।
विराटनगर महानगर कांग्रेसमा ८ सय ८९ जना क्रियाशील सदस्य रहेकामा ७ सय (७ मत खसेको नगर समितिले जनाएको छ। यो कुल मतदाताको करिब ९० प्रतिशत हो।

नगर समितिका अनुसार मतदान सकिएसँगै आज रातिबाटै मतगणना सुरु गरिनेछ। सभापतिसहित नगर कार्यसमितिका विभिन्न पदका लागि भएको निर्वाचनको परिणाम मतगणना सम्पन्न भएपछि सार्वजनिक गरिनेछ।

यसैबीच, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नगर तथा क्षेत्रीय अधिवेशन चलिरहेका बेला मोरङका विभिन्न स्थानमा विवाद र झडपका घटना पनि देखिएका छन्।

बुधबार मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनअन्तर्गत सुन्दरहरैँचामा मनोनयन प्रक्रियाका क्रममा क्रियाशील सदस्यताको विषयलाई लिएर दुई पक्षबीच हातपात र तोडफोड भएको थियो। उक्त घटनामा क्षेत्रीय कार्यवाहक सभापति घाइते भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्