विराटनगरमा नवराज पराजुलीको ‘कविता कन्सर्ट’ असोज २४ गते

<span class='c1'>विराटनगरमा नवराज पराजुलीको ‘कविता</span> <span class='c2'>कन्सर्ट’ असोज २४ गते</span>

विराटनगर असोज १६ , 

चर्चित कवि नवराज पराजुलीको एकल प्रस्तुति रहने ‘विराटनगर कविता कन्सर्ट’ आगामी असोज २४ गते विराटनगरमा आयोजना हुने भएको छ।

'कुथामा भेटौँला' भन्ने मूल भावसहित आयोजना हुन लागेको उक्त साहित्यिक तथा सांगीतिक कन्सर्ट विराटनगरस्थित गुरुकुल, हाटखोलामा दिउँसो ३ बजे सुरु हुनेछ। पछिल्लो समय कवितालाई नयाँ शैली र संगीतसँग संयोजन गरेर प्रस्तुत गर्दै आएका कवि पराजुलीले कार्यक्रममा आफ्ना चर्चित रचनाहरू वाचन गर्नेछन्।

मकालु टेलिभिजन र एम इभेन्ट्स लगायतका संस्थाहरूको संयुक्त आयोजनामा सञ्चालन हुने यस कार्यक्रमको मुख्य प्रायोजकमा जोरा स्टुडियो र रिट स्किन बुटिक रहेका छन्।

साहित्यप्रेमी दर्शक तथा स्रोताहरूलाई लक्षित गरी आयोजना गरिएको यस कविता कन्सर्टले विराटनगरको साहित्यिक तथा सांस्कृतिक माहोललाई थप उचाइ दिने अपेक्षा आयोजकले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्