बिराटनगरकाे रगत अभाव कम गर्न गुरासँ पुस्ताकालयले रक्तदान कार्यक्रम गर्ने

<span class='c1'>बिराटनगरकाे रगत अभाव कम गर्न</span> <span class='c2'>गुरासँ पुस्ताकालयले रक्तदान कार्यक्रम गर्ने</span>

बिराटनगर जेठ १६  बिराटनगरमा अहिले रगतको माग बढि छ भने रक्तदान कार्यक्रमहरु कम भैरहेका छन् । रगत माग सहज तरिकाले पुरा गर्न रक्तदान कार्यक्रम आवश्यक रहेको छ । बिगतका दिनहरुमा बिभिन्न संघ संस्थाहरुले रेडक्रसको आवहानमा रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको भए पनि केहि बर्ष यता रक्तदान कार्यक्रममा कमी आएकाले रगत नपाएर छटपटाएका बिरामीले सहज तरिकाकाले रगत पाउन सकिरहेका छैनन ।

बिराटनगरको बरगाछीमा स्थित गुरास पुस्ताकलयमा रगत आभावलाई कम गर्न सहयोग गर्ने उद्देश्यले जेष्ठ १७ गते बुधबारका दिन गुरासँ पुस्ताकलयको प्राङगणमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । बिराटनगरको अहिलेको रगत अवाभलाई कम गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको हो भन्दै गुराँस पुस्ताकलयका अध्यक्ष दिपक चापागाईले अन्य संघ, संस्था , एजेन्सीहरुलाई पनि रक्तदान जस्तो पवित्र कार्य गर्न अपिल गर्नु भयो । रक्तदान कार्यक्रम मात्र नभएर रक्तदान कार्यक्रम आयोजना गर्न आवश्यक भनेर सन्देश प्रवाह गर्न यस रक्तदान कार्यक्रम आयोजना गरेको हामी युवाका संस्थापक सबिन दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्