बूढीगण्डकीमा ठूलो बाढी

<span class='c1'>बूढीगण्डकीमा ठूलो</span> <span class='c2'>बाढी</span>

बूढीगण्डकीमा आइतबार बिहानै ठूलो बाढी आएको छ । नदीमा बाढी आएपछि किनार आसपासका बासिन्दा घर छाडेर भागेका छन् ।

बूढीगण्डकीको स्यारखोला तर्फबाट बाढी आएको चुमनुब्री गाउँपालिकाकी पूर्व उपाध्यक्ष कुमारी गुरुङले जानकारी दिइन् । नदी थुनिने र खुल्ने भइरहेको छ । यो समाचार तयार पर्दासम्म फेरि नदी थुनिइरहेको चुमनुब्री ३ जगतका गणेश कार्कीले जानकारी दिए ।

नदी किनारका जगत, सल्लेरी, सिर्दिवास, खोर्लावेशी, माछाखोला, सोती, आर्खेत, आरुघाटका बासिन्दालाई माइकिङ तथा फोन  गरेर सुरक्षित स्थानतर्फ सर्न भनिएको प्रहरी निरीक्षक आकास कँडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्