बुढीगण्डकी बाढी पछी गृहमन्त्री सुधन गुरुङको अपडेट

<span class='c1'>बुढीगण्डकी बाढी पछी गृहमन्त्री</span> <span class='c2'>सुधन गुरुङको अपडेट</span>

गृहमन्त्री सुधन गुरुङले गोरखाको चुमनुब्री गाउँपालिकामा पहिरो गएर बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरणका लागि हेलिकप्टर परिचालन गरिएको बताएका छन् ।

आइतबार बिहान उनले सामाजिक सञ्जाल फेसबुकमार्फत चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको तथा घट्टेखोला क्षेत्रका केही घरमा लेदोसहितको पानी पसेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासनलाई उद्धार, राहत र प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि परिचालन गरिएको उनले बताएका छन् ।

गृहमन्त्री गुरुङले नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् । उनले आपत्कालीन सहायताका लागि गृह मन्त्रालयको १२३४ नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्