दसैँको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

<span class='c1'>दसैँको दोस्रो दिन : ब्रह्मचारिणी</span> <span class='c2'>देवीको पूजा आराधना गरिँदै</span>

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्येकी दोस्रो रूप ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिअनुसार घटस्थापना गरी जमरा राखेर पहिलो दिन शैलपुत्रीको पूजा गरिएसँगै दसैँ सुरु भएको होे । आज पूजास्थल तथा दसैँ घरहरूमा ब्रह्मचारिणी देवीको आह्वान गरी विशेष उपासना गरिन्छ ।

घटस्थापना गरिएको स्थलमा नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रहरूको पाठ पारायण गर्ने परम्परा छ । संसारका समग्र प्राणीलाई सच्चिदानन्द रूप ब्रह्मको बोध गराउने शक्तिका रूपमा ब्रह्मचारिणी देवीको पूजा गरिने धार्मिक मान्यता छ । देवीको निष्ठापूर्वक साधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने जनविश्वास रहिआएको छ ।

यसै अवसरमा राजधानीको हनुमानढोकास्थित ऐतिहासिक दसैँ घरमा राज्यका तर्फबाट विधिपूर्वक पूजा आराधना हुने गरेको छ । आज काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरहरूमा बिहानैदेखि दर्शनार्थीहरूको बाक्लो उपस्थिति देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्