लाभ र पदका लागि कहिल्यै राजनीति गरिनँ : गोविन्द भट्टराई

<span class='c1'>लाभ र पदका लागि कहिल्यै</span> <span class='c2'>राजनीति गरिनँ : गोविन्द भट्टराई</span>

काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले लाभ र पदका लागि कहिल्यै राजनीति नगरेको बताएका छन् ।

उपसभापति खुला पदमा उम्मेदवार रहेका भट्टराईले पराजित भएपछि सोमबार सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिदै राजनीतिबाट पद भन्दा विश्वास र माया पाएको बताए । ‘१५ औं महाधिवेशनमा म माथि विश्वास गरेर मत प्रदान गर्नुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरुप्रति अनुग्रहित छु । तपाईंको मात्र विश्वासले नपुगेर मलाई पार्टीको जिम्मेवारी सम्हाल्ने यात्रामा अझ धेरै साथीहरुको भरोसा जित्न आवश्यक रहेको यस मत परिणामले देखाएको छ,’ उनले भने, ‘मैंले लाभ र पदका लागि कहिल्यै राजनीति गरिनँ । मैले अहिलेसम्म पाएको तपाईंको विश्वास र माया नै हो ।’उनले आगामी दिनमा धेरैको विश्वास जित्न बाँकी रहेको भन्दै राजनीतिको बाँकी समय त्यसका लागि खर्चने बताएका छन् । ‘आगामी राजनीतिक यात्रामा भरोसा जित्न बाँकी धेरै साथीहरुको भरोसा जित्नका लागि मेरो चेत, लगाव र समय खर्चने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्