विराटनगरमा दशैं–तिहारको अवसर पारेर ‘Biratnagar Music Festival’ आयोजना हुँदै

<span class='c1'>विराटनगरमा दशैं–तिहारको अवसर पारेर ‘Biratnagar</span> <span class='c2'>Music Festival’ आयोजना हुँदै</span>

विराटनगर । दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै विराटनगरमा ‘Biratnagar Music Festival’ को पाँचौँ संस्करण आयोजना हुने भएको छ। Live Entertainment ले  सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी कातिक २० शुक्रबार विराटनगर मेनरोड स्थित जैन भवनको खुला मैदानमा सांगीतिक कार्यक्रम हुन लागेको जनाएको छ ।

कार्यक्रमका व्यावस्थापक एवम् संयोजक सन्तोष महत स्यान्ट्रो का अनुसार नेपाली रक व्याण्ड अल्बाट्रर्स र रक हेड्स व्याण्ड मुख्य आकर्षणका रूपमा रहने छ । त्यसैगरी, विराटनगरका ख्यातिप्राप्त संगीतकर्मीहरूको समूह ‘Biratnagar Musicians’ले सांगीतिक प्रस्तुति दिनेछ । त्यसैगरी स्थानीय डान्स क्लबका कलाकारहरूले समेत नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहने महतले पत्रकार सम्मेलनमा जानकारी दिए ।

विराटनगर महानगरपालिकाको मुख्य प्रवद्र्धनमा आयोजना हुन लागेको महोत्सवको उद्देश्य मनोरञ्जन प्रदान गर्नुका साथै स्थानीय प्रतिभा, नेपाली संगीत तथा सांस्कृतिक गतिविधिलाई प्रवद्र्धन गर्नु र विराटनगरको सांगीतिक वातावरणलाई थप जीवन्त बनाउनु रहेको आयोजकले जनाएको छ ।

यसअघि चार पटक सफलतापूर्वक आयोजना भइसकेको ‘Biratnagar Music Festival’ मा राष्ट्रियस्तरका चर्चित गायक तथा कलाकारहरूले प्रस्तुति दिँदै आएका थिए। यसपटक पनि संगीतप्रेमी दर्शकलाई मनोरञ्जन प्रदान गर्न आधुनिक साउन्ड सिस्टम, आकर्षक स्टेज तथा लाइटिङको व्यवस्था गरिने आयोजकको भनाइ छ।

कार्यक्रममा स्थानीय परिकारको स्वाद लिन सकिने फुड स्टल तथा प्रायोजक कम्पनीका स्टलहरू पनि रहनेछन्। सांगीतिक प्रस्तुतिसँगै स्थानीय खानाका परिकार र विभिन्न गतिविधिले कार्यक्रमलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङबाट सुरक्षा स्वीकृति लिइएको कार्यक्रमलाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरी तथा आयोजकका तर्फबाट स्वयंसेवक परिचालन गर्ने तयारी गरिएको । आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रायोजक, सहकार्य गर्ने संगीतकर्मी, सञ्चारमाध्यम, आयोजक टोलीका सदस्य तथा दर्शकप्रति आभार व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्