बक्स अफिसमा कमजोर देखियो ‘चमेलीको पोई’ र ‘चंगुल’

<span class='c1'>बक्स अफिसमा कमजोर देखियो</span> <span class='c2'>‘चमेलीको पोई’ र ‘चंगुल’</span>

काठमाडौं । असोज १६ गतेबाट प्रदर्शनमा आएका दुई फिल्म ‘चमेलीको पोइ’ र ‘चंगुल’को व्यापार न्यून देखिएको छ ।

चलचित्र विकास बोर्डले असोज २५ गते आइतबार राति ११ः ५९ सम्मको ‘सिनेपा बक्सअफिस’ रिपोर्ट सार्वजनिक गरेको हो । रिपोर्टका अनुसार ‘चमेलीको पोई’ ले पहिलो साता ५ लाख ५० हजार २ सय १० रुपैयाँ मात्र कमाउन सफल भएको छ । यो अवधिमा फिल्मको टिकट १ हजार ७४८ बिकेको छ । एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्ममा कलाकार नारायण त्रिपाठीका अलवा सुरक्षा पन्त, मुकुन भुसाल, विल्सनविक्रम राई लगायतको अभिनय छ । फिल्म गत १६ गते शुक्रबार देखि प्रदर्शनमा आएको थियो ।

त्यस्तै ‘चमेलीको पोई’ सँगै प्रदर्शनमा आएको फिल्म ‘चंगुल’को व्यवसाय झन् निराशाजनक छ । फिल्मले पहिलो साता १ लाख ३८ हजार ३ सय ८० रुपैयाँ कमाएको छ । फिल्मको ४२५ वटा मात्र टिकट बिक्री भएका छन् । राम गौतमको निर्देशन रहेको फिल्ममा रवि कार्की, लय सङ्ग्रौला, लक्ष्मीनाथ तिमल्सिना लगायत कलाकार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्