पहिरोमा पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते

<span class='c1'>पहिरोमा पुरिएका जेसीभी चालकको</span> <span class='c2'>मृत्यु, सहचालक सामान्य घाइते</span>

मुगु । सोमबार विहान पहिरोमा पुरिएर गम्भीर घाइते भएका जेसीभी चालकको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार बिहान ९ः४० बजेको समयमा पहिरो खसेपछि जेसीबीको सहायताले पहिरो पन्छाउने कार्य सुरु गरिएको थियो।

पहिरोभित्र च्यापिएका चालकलाई जेसीबीको मद्दतले उद्धार गरी बिहान १०ः३० बजे बा.प्र. ०१००४ क ६४८३ नम्बरको ट्रकमा राखेर प्राथमिक स्वास्थ्य केन्द्र रातापानी लैजाने क्रममा उनको अवस्था निकै चिन्ताजनक रहेको थियो । प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा मध्याह्न १२ः१० बजे पुर्‍याउनासाथ कार्यरत चिकित्सकले चालक बिमल बागलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कायालय मुगुका डिएसपी रबिराज थपलियाले जानकारी दिएका छन । यस्तै घटनामा घाइते भएका सहचालकलाई उपचारका लागि खत्याड गाउँपालिका ५ माझचौरस्थित चन्दनाथ पोलिक्लीनिक पठाइएको थियो । हाल उनको अवस्था सामान्य रहेको र पोलिक्लीनिकमा उपचार भइरहेको छ । सडकमा पहिरो पन्छाउने काममा प्रयोग गरिएको जेसीबी भने घटनास्थलमै रहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्