सुरक्षासँगै पर्यटन प्रवर्द्धनमा जुट्यो लेटाङ प्रहरी

<span class='c1'>सुरक्षासँगै पर्यटन प्रवर्द्धनमा</span> <span class='c2'>जुट्यो लेटाङ प्रहरी</span>

लेटाङ । मोरङको लेटाङ नगरपालिकाभित्र रहेका प्रमुख पर्यटकीय स्थलहरूको प्रचारप्रसार तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लेटाङ प्रहरीले स्थानीय युवासँगको सहकार्यमा अभियान सञ्चालन गरेको छ। इलाका प्रहरी कार्यालय, लेटाङको समन्वय र सावधान युवा समूह, लेटाङको सहकार्यमा लेटाङ बजार, जाते बजार तथा बुधबारे बजार क्षेत्रका सार्वजनिक स्थानमा पर्यटन प्रवर्द्धनात्मक होर्डिङ बोर्डहरू राखिएको हो।


होर्डिङ बोर्डमार्फत लेटाङका प्रमुख पर्यटकीय स्थलहरूको पहिचान गराउँदै तिनको प्रचारप्रसार गर्ने र आन्तरिक पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखिएको छ। यस अभियानले स्थानीय पर्यटकीय गन्तव्यको पहिचान विस्तार गर्नुका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रहरी, युवा तथा समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै लेटाङलाई सुरक्षित, सुन्दर र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाइएको छ।


सुरक्षा व्यवस्थासँगै पर्यटन प्रवर्द्धन र स्थानीय पहिचानको संरक्षणमा समेत प्रहरी तथा समुदायको सहकार्यलाई प्रभावकारी बनाउने लक्ष्य अभियानले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्