के बिराटनगरबाट कोहि बन्लान मिस नेपाल ? फाइनल आज !!

<span class='c1'>के बिराटनगरबाट कोहि बन्लान मिस</span> <span class='c2'>नेपाल ? फाइनल आज !!</span>

बिराटनगर जेठ १९ ,

द हिडन ट्रेजरले जेठ १९ गते काठमाडौंमा आयोजना गर्ने २२ औं संस्करणको मिस नेपाल–२०१७ को उपाधिका लागि १९ जना युवती मैदानमा छन् । पूर्वको शहर बिराटनगरबाट पनि यस बर्षको मिस नेपाल २०१७ मा २ जना प्रतिस्पर्धीहरु छानिएका छन् । बिराटनगरबाट छानिनेमा २३ बर्षिय वर्षा पोखरेल र २२ बर्षिय दृष्टि कटवाल रहेका छन् । भारतको नयाँ दिल्लीबाट प्लस टु तथा बीकम अनर्स गरेकी वर्षा अब भने नेपालमै रहेर काम गर्न चाहन्छिन् । ५ फिट ४ इन्च अग्ली वर्षा भ्रमणमा रुचि राख्छिन् । यस्तै ५ फिट ५ इन्च अग्ली २३ वर्षीया दृष्टि नर्सिङमा स्नातक गरिरहेकी छिन् । यात्रा गर्नु तथा कला एवं संस्कृतिका बारेमा जानकारी लिनु उनका सौख हुन् ।

आज शुक्रबार साँझ ७ बजेपछि  मिस नेपाल–२०१७ को ग्रान्ड फिनाले प्रारम्भ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्