खोटाङमा विद्युत सर्ट हुँदा १६ लाख ५५ हजार बराबरको क्षति

<span class='c1'>खोटाङमा विद्युत सर्ट हुँदा १६</span> <span class='c2'>लाख ५५ हजार बराबरको क्षति</span>

खोटाङ । खोटाङमा विद्युत सर्ट भएर घर जल्दा १६ लाख ५५ हजार बराबरको धनमाल नष्ट भएको छ । कात्तिक ४ गते राति विद्युत सर्ट हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार घुर्चुका कृष्णकुमार राईको टिनको छानो लगाइएको ढुंगामाटोको घर, मतान र बाख्रा खोर जलेको हो ।

आगलागीमा घर, मतान र बाख्राको खोरसहित नगद २० हजार, अन्दाजी २ लाखको भाँडावर्तन, १ लाख ५० हजारको लत्ताकपडा, १ लाख १५ हजारको अन्नपात, १ लाखको विद्युतीय सामग्री, महत्वपूर्ण कागजात जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताए ।

आगलागीमा खोर जल्दा दुई वटा बाख्रा र एउटा बोका जलेर मरेका छन् । इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएका प्रहरी, जनप्रतिनिधि र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।

कृष्णकुमार हाल बैदेसिक रोजगारीका सिलसिलामा युकेमा छन् । श्रीमती तारा र छोरा मात्र रहेको घरमा आगलागी भएको हो । तारा मतानमा सुतिरहेको अवस्थामा घरबाट आगलागी सुरु भएको थियो । रातका समयमा आगलागी भएका कारण घरभित्रका कुनै पनि सामान जोगान नसकिएको स्थानीयले बताएका छन् । घर जलेपछि विस्थापित भएका परिवारलाई अस्थायी टहरा निर्माण सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेश राउतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्