जहदाको मझारेमा रावण दहन,नेपाली-भारतीय श्रद्धालुको सहभागिता

<span class='c1'>जहदाको मझारेमा रावण</span> <span class='c2'>दहन,नेपाली-भारतीय श्रद्धालुको सहभागिता</span>

विराटनगर । जहदा गाउँपालिका–७ मझारेस्थित दुर्गा मन्दिर प्राङ्गणमा विजयादशमीको अवसरमा रावण दहन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। विगत केही वर्षदेखि सुरु भएको कार्यक्रममा यसपटक पनि नेपाल र भारतका हजारौँ श्रद्धालुको उपस्थिति रहेको आयोजकले जनाएका छन्।


जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र साहले रावणको पुतलामा विधिपूर्वक अग्नि प्रज्वलन गरेपछि कार्यक्रम औपचारिक रूपमा सुरु भएको थियो। पुतला जल्न थालेसँगै उपस्थित जनसमुदायले जयकार गर्दै उत्साह प्रकट गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले रावण दहन अन्यायमाथि न्याय र अधर्ममाथि धर्मको विजयको सन्देश हो भने। "केही वर्षअघि थालनी भएको यो परम्परा अहिले मझारेको सांस्कृतिक पहिचान बन्दै गएको छ। यसलाई संरक्षण गर्दै अझ व्यवस्थित बनाउन स्थानीय सरकार प्रतिबद्ध छ," उनले भने। यस्ता सामूहिक उत्सवले नेपाल–भारत सीमा क्षेत्रका जनताबीच सद्भाव र भाइचारा बढाउने उनको भनाइ छ।

स्थानीय रविकान्त साहका अनुसार केही वर्षयता मात्र मझारेमा रावण दहन हुन थालेको हो। "पहिले हामी टाढा गएर रावण दहन हेर्थ्यौँ। अहिले गाउँमै कार्यक्रम हुन थालेपछि सबै एकै ठाउँमा जम्मा हुन पाएका छौँ। सीमापारिका आफन्त र साथीभाइ पनि आउँछन्," उनले भने।

रावण दहन किन गरिन्छ?

हिन्दु धार्मिक मान्यताअनुसार लङ्काका राजा रावणले सीतालाई हरण गरेपछि भगवान् श्रीरामले दशमीका दिन उनको वध गरी धर्मको स्थापना गरेका थिए। यही विजयको सम्झनामा विजयादशमीका दिन रावणको पुतला दहन गर्ने गरिन्छ। नौ दिनसम्म चलेको युद्धपछि दुर्गा भवानीले महिषासुरमाथि विजय प्राप्त गरेको दिन पनि दशमीलाई मानिन्छ। रावण दहनलाई अहङ्कार, अन्याय र दुष्टताको अन्त्यको प्रतीक मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्