विराटनगर किंग्स र तीन कम्पनीबीच प्रायोजन सम्झौता

<span class='c1'>विराटनगर किंग्स र तीन</span> <span class='c2'>कम्पनीबीच प्रायोजन सम्झौता</span>

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तयारीमा रहेको विराटनगर किंग्सले विराटनगरका तीन कम्पनीसँग प्रायोजन सम्झौता गरेको छ।

विराटनगरस्थित होटल लेमन ट्रीमा आयोजित कार्यक्रममा प्रिमियर स्टिल लिमिटेड, युनाइटेड अजोड इन्स्योरेन्स र म्याजिक फुटवेयरसँग प्रायोजन सम्झौता गरिएको हो। सम्झौतामा प्रिमियर स्टिल लिमिटेडका तर्फबाट निर्देशक अभिजित सिंह, युनाइटेड अजोड इन्स्योरेन्सका तर्फबाट कोशी प्रदेश प्रमुख केदारबहादुर खत्री तथा म्याजिक फुटवेयरका तर्फबाट नवीन पोद्दारले हस्ताक्षर गरेका छन्।

विराटनगर किंग्सका तर्फबाट टोलीका तीनै जना सञ्चालक पारस लुनिया, सुयश प्याकुरेल र अनुज पोद्दारले सम्झौतामा हस्ताक्षर गरेका थिए।

विराटनगरको प्रतिनिधित्व गर्ने किंग्सले एनपीएलको तेस्रो संस्करणलाई लक्षित गर्दै टोलीको तयारी र व्यावसायिक साझेदारी विस्तारलाई अघि बढाइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्