कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष गुरागाईंले दिए राजीनामा

<span class='c1'>कोशी प्रदेश लोक सेवा आयोगका</span> <span class='c2'>अध्यक्ष गुरागाईंले दिए राजीनामा</span>

विराटनगर । कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन् । पदको दुरुपयोग गरेको आरोप र पछिल्लो समय विवादमा तानिएपछि उनले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।

गुरागाईंले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार उनको राजीनामा स्वीकृतिको प्रक्रियामा रहेको छ ।

अध्यक्ष गुरागाईं पछिल्लो समय अतिरिक्त भत्ता बुझेको तथा अदालतको आदेशविपरीत कर्मचारी बढुवाका लागि सिफारिस गरेको विषयलाई लिएर विवादमा परेका थिए ।

आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै विरोध हुन थालेपछि उनीमाथि नैतिक दबाब बढेको थियो । विवाद चर्किँदै गएपछि गुरागाईंले पदबाट राजीनामा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्