विराटनगर । विराटनगर महानगरपालिकाले नगर प्रहरी जवान पदको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाको मिति, समय र स्थान सार्वजनिक गरेको छ।
महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले शुक्रबार सूचना जारी गर्दै नगर प्रहरी जवान पदको पदपूर्तिका लागि सञ्चालन हुने परीक्षाको तालिका सार्वजनिक गरेको हो। सूचनाअनुसार प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा २०८३ कात्तिक १९ र २० गते सञ्चालन हुनेछ।

कात्तिक १९ गते रोल नम्बर १ देखि २०० सम्मका परीक्षार्थीको बिहान ७ बजेदेखि र रोल नम्बर २०१ देखि ४०० सम्मका परीक्षार्थीको दिउँसो १२ः३० बजेदेखि परीक्षा सञ्चालन हुनेछ। त्यस्तै, कात्तिक २० गते रोल नम्बर ४०१ देखि ६०० सम्मका परीक्षार्थीको बिहान ७ बजेदेखि र रोल नम्बर ६०१ देखि ८०० सम्मका परीक्षार्थीको दिउँसो १२ः३० बजेदेखि परीक्षा सञ्चालन गरिने सूचनामा उल्लेख छ।
परीक्षा विराटनगरस्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा सञ्चालन हुनेछ। महानगरपालिकाले परीक्षासम्बन्धी थप जानकारीका लागि कात्तिक १६ र १७ गते नगर कार्यपालिकाको कार्यालयस्थित नगर प्रहरी शाखामा सम्पर्क गर्न आग्रह गरेको छ। परीक्षामा सहभागी हुने उम्मेदवारले नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र प्रवेशपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने महानगरपालिकाले जनाएको छ।