वर्षाका कारण दुई दिन सर्‍यो संखुवासभा गोल्डकप

<span class='c1'>वर्षाका कारण दुई दिन</span> <span class='c2'>सर्‍यो संखुवासभा गोल्डकप</span>

भोजपुर । पहाडी जिल्ला संखुवासभामा शनिबार (भोली)बाट सुरु हुने भनिएको गोल्डकप बर्षातका कारण दुई दिनपछि सरेको छ । निरन्तरको भारी वर्षाका कारण खेलमैदान हिलाम्मे भएपछि आयोजकले प्रतियोगिता दुई दिन सार्ने निर्णय गरेको हो ।

खाँदबारीको मानेभञ्ज्याङमा आयोजना हुन लागेको पहिलो संस्करणको संखुवासभा गोल्डकप फुटबल प्रतियोगिता अब दुई दिनपछि कार्तिक १६ देखि २० कात्तिकसम्म सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष प्रकाश घिमिरेले बताए । प्रतियोगितामा आयोजक अरुण उपत्यका सामुदायिक विकास क्लब (एड्भान्स), सुनसरीको न्यु स्टार क्लब, सिरहाको सलहेश युवा क्लब, लोहोरुङ क्लब पाङ्मा, काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेड, खाँदबारी युथ क्लब, झापा (११) फुटबल क्लब र सेकाहा सामुदायिक विकास क्लब सहभागिता जनाउने छन । जिल्लामा फुटबलको आकर्षण बढाउने उद्धेश्य सहित गोल्डकप आयोजना गरिएको हो ।

आयोजकका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले तीन लाख रुपैयाँ पाउनेछ । उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई जनही सात हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी अर्थात् ‘प्लेयर अफ द म्याच’लाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले भने नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्