विराटनगर । आगामी कात्तिक २० गते शुक्रबार विराटनगरमा आयोजना हुन लागेको पाँचौँ संस्करणको ‘विराटनगर म्युजिक फेस्टिवल–२०८३’ को टिकट विराटनगरका विभिन्न होटल तथा रेस्टुरेन्टमा उपलब्ध हुन थालेको छ ।

लाइभ इन्टरटेनमेन्टको आयोजनामा विराटनगरस्थित जैन भवनको खुला मैदानमा हुने फेस्टिवलमा सहभागी हुन चाहने दर्शकका लागि आयोजकले विभिन्न स्थानबाट टिकट बिक्री सुरु गरेको जनाएको छ ।
कार्यक्रम संयोजक सन्तोष महत (सेन्ट्रो) का अनुसार विराटनगरको ट्राफिक चोकस्थित द न्यु सप, मोजो क्याफे, टर्किस टी पोइन्ट, द स्क्वायर रेस्टुरेन्ट, चिया स्टेसन, एप्सल स्पोट्र्स, ओनो क्याफे, द स्मोक हाउस, रानीस्थित मलाया रोडको माङहाङ तथा विराट स्पोर्ट जोनबाट टिकट खरिद गर्न सकिनेछ ।
फेस्टिवलको टिकट अनलाइन तथा भौतिक रूपमा खल्तीमार्फत पनि उपलब्ध हुने जनाइएको छ। आयोजकका अनुसार जनरल टिकटको मूल्य ३०० रुपैयाँ र भिआइपी टिकटको मूलल्य एक हजार रुपैयाँ तोकिएको छ।

फेस्टिवलको पाँचौँ संस्करणमा चर्चित नेपाली रक ब्यान्ड अल्बाट्रोस र रकहेड्स मुख्य आकर्षणका रूपमा रहनेछन्। । एक्सट्रिम इनर्जी ड्रिंकको प्रस्तुतिमा आयोजना हुन लागेको कार्यक्रमको मुख्य प्रवद्र्धक विराटनगर महानगरपालिका रहेको छ ।
दसैँ, तिहार तथा छठ पर्वको अवसर पारेर आयोजना हुँदै आएको यस सांगीतिक महोत्सवले मनोरञ्जनसँगै स्थानीय संगीतको प्रवद्र्धन र सामाजिक सद्भाव अभिवृद्धिमा योगदान पुर्याउने आयोजकको अपेक्षा छ।

कार्यक्रममा विराटनगरका संगीतकर्मीहरूको समूह ‘विराटनगर म्युजिसियन्स ओरिजिनल्स’ को सांगीतिक प्रस्तुति रहनेछ। त्यसैगरी, विराटनगरका स्थानीय डान्स क्लबहरूले समेत नृत्य प्रस्तुत गर्ने आयोजकले जनाएको छ।