विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरसम्म भारतबाट सञ्चालन हुने कार्गोरेल नियमित हुनसकेको छैन । उद्योगी–व्यवसायिले यसलाई नियमित बनाउन र नेपाल कष्टम यार्ड (एनसीवाई) मा हेण्डलिंक तथा डिटेक्सन शुल्क भारतीय कष्टम यार्ड जोनबनी भन्दा कम राख्न माग गर्दै आएका छन् । तर, गत साउन ४ गतेयता चारवटा कन्टेर बल्क कार्गो आएपछि रोकिएको छ । कन्टेनर कार्गोबाहेक बल्ककार्गो, लुजकार्गो समेत लिएर आउने स्थिति सिर्जना नभएको उद्योगीहरुको गुनासो छ ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार यसमा बहुपक्षीय हित सम्बोधन नहुँदासम्म एनसीवाईसम्मको कार्गोरेल सञ्चालन अलमलमा नै पर्ने देखिन्छ । अध्यक्ष राठीका अनुसार पहिलो कुरा रेलको सेड्युल हो । भारतीय कन्टेनर निगम लिमिटेड (कोनकर)ले एनसीवाईका लागि सेड्युल दिन नमानेको आरोप उद्योगीको छ । अध्यक्ष राठीले रेलको ¥याकमा ९० डब्बा पुगेपछि मात्रै जान्छु भनेर कोनकरले भन्दै आएको छ । यसको सट्टामा सात दिनमा जान्छु भनेर सेड्युल तोक्ने हो भने लुज कार्गोहरु समेत कोलकाता बन्दरगाहाबाट रेलमै पठाउने वातावरण सिर्जना हुन्थ्यो ।
अहिलेसम्म विराटनगरमा आएको रेलले कन्टेनर कार्गो ढुवानी गरेको हो । जुन तेस्रो देशबाट कोलकाता बन्दरगाहामा आइपुगेको वस्तुहरु छन् । तेस्रो मुलुकबाट मगाएका यस्ता वस्तु १५ कन्टेनर २० कन्टेनर हुन्छन् । बन्दरगाहामा आएको यस्तो वस्तुले ¥याक भरिएपछि मात्रै कोनकरले एनसीआई छुट्ने प्रवन्ध मिलाउँदै आएको छ । उद्योगीहरुले यसलाई नियमित बनाउने प्रयास नै नभएको आरोप लगाउँदै आएका छन् । कोनकर भारत सरकारको रेलमन्त्रालय मातहतको कम्पनी हो । यसैले विराटनगर आउने कार्गो रेलकोसमग्र लजिस्टिक, रेलको ¥याक, कन्टेनरहरुको व्यवस्थापन गर्नेदेखि ढुवानीसम्म हेर्ने गर्दछ ।
उद्योगी राठीले कोनकर होस या अन्य कोलकाताबाट रेलमा कार्गो ढुवानी गर्ने कम्पनी, कन्टेनर कम्पनीसँग उद्योग संगठन मोरङले छलफल गर्न चाहिरहेको बताएका छन् । उनले अहिले अहिले त्रिपक्षीय सहमति जरुरी देखिएको छ । जसमा कोनकर, आईसिपीको व्यवस्थापन हेर्ने सरकारी निकाय नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी, आईसिपी व्यवस्थापन हेर्दै आएको निजी कम्पनी ट्रान्स नेपाल टिआरएस लोजीपार्क प्रा.लि.सँग निजी क्षेत्र जसले औद्योगिक तथा व्यवसायिक वस्तु आयात गर्दै आएका छन् । यसका लागि पहल समेत भइरहेको भएपनि कोनकरले समय दिइरहेको छैन ।
एनसीवाई विराटनगरमा हेण्डलिंक, अनलोड तथा ढुवानीमा महंगो रहेको यस अगाडी नै उद्योगीहरुले उठाउँदै आएको गुनासो थियो । त्यो गुनासोको सम्बोधन समेत अहिलेसम्म भएको छैन । सुनसरी–मोरङ औद्योगिक करिडोरका धेरै उद्योगीले ह्याण्डलिंङ आइसीवाई (इन्डियन कष्टम यार्ड) मा गराइरहेका छन् । यसमा वारी र पारीको शुल्क अन्तरलाई लिने गरिएको छ । त्यस बाहेक आइसीवाईमा जस्तो नियमित कार्गोरेल एनसीवाईमा आउन नचाँहादा पनि समस्या थपिएको बताइन्छ ।
उद्योगीहरुले सेड्युल बनाएर ९० को सट्टा ६० कन्टेनर वस्तु भएपनि छुट्ने हो भने भारतमा खरिद गरिएको सबै मालवस्तु रेलमै ढुवानी गराइने दावी गर्दै आएका छन् । यता ट्रान्स नेपाल टिआएएस लोजीपार्क कम्पनीका प्रमुख व्यवस्थापक लक्ष्मी सुब्बाले यी सबै विषयमा छलफल गर्ने तयारी भइरहेको दावी गरेका छन् । उनले अहिले यार्ड भत्किएर समस्या भइरहेको बताउँदै मासिक १२ वटा रेल आउँदा मात्रै काम गर्न सहज हुने बताएका हुन् ।